विन्ध्यवासिनी म्यूजिक अवार्डमा ‘द पेन एण्ड देवेन’ एल्बम उत्कृष्ठ


ग्ल्यामर नेपाल, काठमाडौं।
विन्ध्यवासिनी म्युजिक कम्पनीले राजधानीमा शुक्रबार आयोजना गरेको पाँचौं संस्करणको विन्ध्यवासिनी म्यूजिक अवार्डमा गीतकार देवेन गिरीको एल्बम ‘द पेन एण्ड देवेन’ले ‘सर्वोत्कृष्ठ एल्बम सुगम संगीत’ को अवार्ड जितेको छ। यसैगरी गीतकार डीआरको ‘झन झन मुटु दुख्न थाल्यो’ले ‘सर्वोत्कृष्ठ गीत’को अवार्ड जितेको छ भने ‘सर्वोत्कृष्ठ गायन सुगम संगीत पुरुष’ तर्फ ‘आजको यो साँझ’का लागि उदय सोताङ, महिला तर्फ ‘सुने खबर’का लागि श्रेयसी चेम्जोङ, ‘सर्वोत्कृष्ठ सुगम संगीत’ तर्फ ‘सुने खबर’का लागि राजकुमार बगर, ‘सर्वोत्कृष्ठ रचना(सुगम संगीत)’ तर्फ ‘आवाज देऊ मलाई’का लागि योगेन्द्रमणि दाहाल, ‘सर्वोत्कृष्ठ एरेञ्जर’तर्फ ‘आवाज देऊ मलाई’का लागि विजेश्वर तण्डुकार, ‘सर्वोत्कृष्ठ पप गायन पुरुष’ तर्फ ‘मेरो जीवन यस्तो होस्’का लागि सुगम पोखरेल, महिला तर्फ ‘तिमी छौ र त माया छ’का लागि आकांक्षा बस्याल उत्कृष्ठ बने।

Bindabasini Music  Award (58)अवार्डमा एशियन म्युजिक कम्पनी ‘सर्वोत्कृष्ठ म्युजिक कम्पनी’ ठहरियो। यसैगरी ‘सर्वोत्कृष्ठ संगीत पप’ तर्फ ‘फूलै फूलको’का लागि राजु सिंह, ‘सर्वोत्कृष्ठ युगल गायन’तर्फ ‘गुराँस फूल्यो पाखैमा’का लागि सत्य–स्वरुप, ‘सर्वोत्कृष्ठ लोकदोहोरी गायक’तर्फ ‘ठूला ठूला मान्छे’का लागि मौसम गुरुङ, ‘सर्वोत्कृष्ठ लोकदोहोरी गायिका’ तर्फ ‘लाछा डोरी उनको’का लागि देवी घर्ती, ‘सर्वोत्कृष्ठ लोकदोहोरी भाका’तर्फ ‘छाती चिरी हेर सानु’का लागि सहदेव कोइराला, ‘सर्वोत्कृष्ठ लोकदोहोरी रचना’तर्फ ‘लाछा डोरी उनको’का लागि रमेश बिजी, ‘सर्वोत्कष्ठ लोकदोहोरी गीत’ तर्फ ‘धुँवा सरी फैलेछ कुरो त’का लागि मञ्जु पौडेल, ‘सर्वोत्कृष्ठ मोडल जोडी पप तथा आधुनिक भिडियो’तर्फ ‘आइ लभ यु’का लागि पल शाह र प्रकृति श्रेष्ठ, ‘सर्वोत्कृष्ठ पाश्र्व गायन पुरुष’ तर्फ फिल्म ‘झोले’को गीत ‘तिमी नै मेरो’का लागि राजेशपायल राई, महिला तर्फ फिल्म ‘नाइ नभन्नु ल २’को ‘मर्ने कसैलाई’का लागि रजिना रिमाल, ‘सर्वोत्कृष्ठ चलचित्र संगीत’तर्फ फिल्म ‘नाइ नभन्नु ल २’को गीत ‘मर्ने कसैलाई’का लागि गैरे सुरेश अवार्ड दाबेदार बने।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

त्यस्तै ‘सर्वोत्कृष्ठ राष्ट्रिय भावना ओतप्रोत गीत’तर्फ ‘मेरो देश’का लागि शैलेन्द्र शरद, ‘सर्वोत्कृष्ठ म्युजिक भिडियो निर्देशक लोकदोहोरी’तर्फ कपिल लामा, सुगम संगीत तर्फ ‘आवाज देउ मलाई’का लागि सहेन्द्र श्रेष्ठ, ‘सर्वोत्कृष्ठ महिला गीतकार(सुगम संगीत)’ तर्फ ‘नजरबाट टाढा’का लागि पद्यमा लिंखा मगर, ‘सर्वोत्कष्ठ छाँयाकार म्युजिक भिडियो’ तर्फ ‘मेरो जीवन यस्तो होस’का लागि हरि हुमागाई, ‘सर्वोत्कृष्ठ सम्पादक म्युजिक भिडियो’तर्फ ‘तिम्लाई पाए’का लागि सुजन शाही, ‘सर्वोत्कृष्ठ ध्वनि मुद्रण’तर्फ ‘आवाज देऊ मलाई’का लागि राजेश्वर तण्डुकार, ‘सर्वोत्कृष्ठ नवप्रतिभा लोकदोहोरी’ तर्फ ‘लाछा डोरी उनको’का लागि कुमार पुन, ‘सर्वोत्कृष्ठ नवप्रतिभा पप तथा सुगम संगीत’तर्फ ‘साँझको बेला’का लागि राजकुमार गोस्वामी, ‘सर्वोत्कृष्ठ मोडल लोकदोहोरी’तर्फ ‘पागल’का लागि महेन्द्र गौतम र सगुन शाही उत्कृष्ठ ठहरिए।

Bindabasini Music  Award (34)अवार्ड समारोहमा गीतकार दिनेश अधिकारीलाई गीत लेखनको क्षेत्रबाट नेपाली संगीत जगत्लाई योगदान पु¥याएवापत उच्च मूल्यांकन गर्दै नगद ५१ हजार १ शय ५१ रुपैयाँसहितको ‘बिन्ध्यबासिनी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने सञ्चारकर्म मार्फत गीत संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा योगदान पु¥याएवापत गीतकार तथा सञ्चारकर्मी नवराज लम्साललाई २५ हजार ५ सय २५ का साथ ‘बिन्ध्यबासिनी गीत संगीत पत्रकारिता सम्मान’ तथा गायिका अञ्जु पन्तलाई १५ हजार ५ सय १५ रुपैंयाँसहितको ‘बिन्ध्यबासिनी संगीत रत्न सम्मान’बाट सम्मानित गरिएको थियो। कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।

SUBSCRIBE 👉