मिस टिन कलेज २०१५ मा ४० किशोरी छानिए


ग्ल्यामर नेपाल ।
कलेज अध्ययनरत किशोरीहरु लक्षित “मिस टिन कलेज २०१५ ” प्रतियोगिता को पहिलो चरनको अडिसन राजधानीमा सम्पन्न भएको छ। अडिसन कार्यक्रममा पहिलो चरणमा ४० जना किशोरीहरु छनौट भएका छन्। सिजन मिडियाले आयोजना गरेको कार्यक्रममा उपत्यकाका ५० भन्दा बढी कलेजहरुबाट १ सय भन्दा बढी छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताएका छन्।
miss-teen-college-audition-2“क्रियटिभ योर कलेज आइडेन्टिटी” नारा दिइएको यस बर्षको मिस टिन कलेजको मुख्य प्रायोजक टीभीएस जुपीटर स्कूटर रहेको छ। पहिलो चरणको छनोटमा नेशनल कलेजका निर्देशक तथा प्राध्यापक राजेन्द्र कोइराला, पत्रकार तथा वृत्तचित्र निर्देशक गणेश पाण्डे, म्यूजिक भिडियो निर्देशक समन अधिकारी तथा कोरियोग्राफर रोजीन शाक्य अडिशनको निर्णायक मण्डलमा रहेका थिए।
miss-teen-college-audition-1अडिसनबाट छानिएका किशोरीहरुलाई आगामी पुस १ गते आइतबारबाट विभिन्न प्रशिक्षण दिइने आयोजकले बताएको छ। प्रशिक्षणका क्रममा शारिरीक फिटनेश,फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइनेछ। यसका साथै माइती नेपाल, नार्कोनन नेपाल, बाल आश्रम, वृद्धा आश्रमसहित मिडिया तथा कल्चरल भ्रमण र हस्पिटालिटी सम्बन्धी जानकारी प्रदान पनि गराइने बताइएको छ। स्टेज पर्फमेन्स, क्याटवाक आदि लगायतका विभिन्न विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने कार्यक्रम रहेको छ। माघको पहिलो साता अन्तिम प्रतिष्पर्धा हुने बताईएको प्रतियोगिताका विजेताले “मिस टिन कलेज” को ताज, उपाधिसहित टीभीएस जुपीटर स्कूटर र उच्च शिक्षामा छात्रबृत्ति लगायतका विभिन्न उपहारहरु पाउने छन्।

आयोजक सिजन मिडियाले मिस ई-कलेज, जुनियर स्कूल प्रिन्सेस, मिस एयर होस्टेस्, एसएलसी प्रिन्सेस लगायतका प्रतियोगिताहरु विगत ६ बर्षदेखि निरन्तर गर्दै आईरहेको छ।

SUBSCRIBE 👉