छायांकनमा व्यस्त चंखे शंखे पंखे


Chankhe-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
निर्देशक सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘चंखे शंखे पंखे’को राजधानीका विभिन्न स्थानमा हाल धमाधम छायांकन भईरहेको छ । फिल्म युनिटले हालै बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको ल्याबमा महंगो सेट निर्माण गरी छायांकन गरेको छ । फिल्ममा थापाले पनि अभिनय गरेका छन् ।

निर्देशक थापाका अनुसार फिल्मको पहिलो चरणको सेट निर्माणमा मात्र १७ लाख खर्च भएको छ । यो खर्चलाई महंगो खर्चका रुपमा फिल्मका कलाकार तथा वरिष्ठ निर्देशक नारायण पुरीले लिएका छन् । उनको र सेट डिजाइनर राजु पेन्टरको सोचमा निर्माण गरिएको सेट प्रति पेन्टर पनि खुशी छन् ।

Pooja-Sharma‘साढे दुई दशकको फिल्मी करिअरमा मैले यस्तो सेट देखेको थिईन र आज काम गर्न पाउँदा साच्चिकै फिल्ममा अभिनय गरे जस्तो लागिरहेको छ ।’ फिल्ममा टेलिभिजन सिईओको स्पेशल भूमिकामा अभिनय गरिरहेका पुरीले भने । उक्त सेटमा पुरीको टेलिभिजन हाउसलाई भब्य देखाउन सिईओको कोठादेखि लिएर एमसिआर (मास्टर कन्ट्रोलिङ रुम) सम्म तयार गरिएको छ ।

राजेश श्रेष्ठले खिचिरहेको फिल्ममा अभिनेत्री पुजा शर्मा टेलिभिजन रिर्पोटरका रुपमा अभिनय गरेकी छन् भने अभिनेता सुवास थापा चंखेको भूमिकामा, नवकलाकार प्रेम पुरी शंखेको भूमिकामा र निर्देशक थापा चाहिँ पंखेको भूमिकामा देखिईदैछन्।

फिल्ममा नन्दिता केसी विशेष भूमिकामा छिन् भने राजाराम पौडेल, रामचन्द्र अधिकारी, रविन्द्र खड्का, श्याम राई, ध्रुब कोइराला, रविन्द्र झा र प्रमोद अग्रहरीले पनि अभिनय गरेका छन् । फिल्मका निर्माता सन्तोष सेन हुन् ।

हास्य श्रेणीमा रहेर निर्माण भएको फिल्मको सुटिङ चलेको एक महिना पुगेको छ । १५ दिनको छायाँकन पश्चात पुनः एक गीतको छायाँकन सेटमा गरेर सुटिङ प्याकअप हुने निर्माण पक्षले जनाएको छ ।

SUBSCRIBE 👉