कौशलको म्युजिक भिडियो तयार


Keddar-Mallaग्ल्यामर नेपाल, काठमाडौं ।
बाल्य अवस्थादेखि गीत गुनगुनाउन लागेका केदार मल्लले आफ्नो पहिलो एल्बम ‘कृष्टि कौशल’ लिएर आउँदैछन् । उनको यस एल्वमको भिडियो पनि तयार भएको छ ।

गीतकार तथा सङ्गीतकार समेत रहेका केदारको ‘कृष्टि’मा चारवटा गीत समावेश गरिएको छ । दीपक घिमिरेको निर्देशन रहेको म्यूजिक भिडियोमा सुरुची लामिछाने, कृष्ण खड्का र रमण बुढाको अभिनय रहेको छ ।

एल्बममा सेन्टिमेन्टल, रोमान्टिक गीतहरु समावेश रहेका छन् । राजेशपायल राई, बीपी वाग्ले, नित्याशिवाको आवाजमा एल्बम बजारमा आउँदैछ ।

SUBSCRIBE 👉