तुलना नगर्न बिन्ती बिसाउँदै शिल्पा


Shilpa-Pokhrel_Photo_Kamal-Shrestha
गफ गर्न जति सजिलो हुन्छ, पूरा गर्न त्यति नै गाह्रो हुन्छ भन्ने कुरा बल्ल बुझ्दै छिन्, हिरोइन शिल्पा पोखरेलले। फिल्म लज्जामा अनुबन्ध हुनासाथ ‘रेखा थापाको लेभलमा आउँछु’ भनेर निर्माता छविराज ओझालाई खुसी बनाएकी शिल्पालाई अहिले त्यही भनाइले पिरोल्न थालेको छ। रेखासँग जोरी खोज्दा करअिरमा असर पर्ने भेउ पाएपछि अचेल उनी रेखासँग आफूलाई तुलना नगर्न बिन्ती बिसाउँदै हिँड्न थालेकी छन्।

कतिसम्म भने उनले आफूलाई रेखाको आशीर्वाद भएको समेत भन्न भ्याइन्। लज्जाको एउटा गीतमा रेखाकै हाउभाउ र ‘लुक्स’ नक्कल गरेपछि उनको आलोचना भएको थियो। रेखाको शैली चोर्दा अन्य निर्माता/निर्देशकमा नकारात्मक छाप पर्ने भएपछि उनले बोली र व्यवहार फेरेकी हुन्। यति बुद्धि पहिल्यै आइदिएको भए कति राम्रो हुन्थ्यो शिल्पाजी ?

SUBSCRIBE 👉