गोविन्दको सत्यता २ सार्वजनिक


Govinda-Upadhyayaग्ल्यामर नेपाल, काठमाडौं ।
बैंकर गीतकार गोविन्दप्रसाद उपाध्यायले अघिल्लो एल्बम ‘सत्यता’को सिक्वेल ‘सत्यता २’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा शनिवार आयोजित कार्यक्रममा म्युजिक नेपालका सन्तोष शर्मा, गायक तुलसी पराजुली, फिल्मकर्मी प्रदिप उदय र स्वयं उपाध्यायलगायतले विमोचन गरे ।

एल्बममा कस्तो माया लाइयो, टाढियो किन, चोखो छ माया, म शराबी, म त तिम्रो, यो कस्तो दुरी र जिन्दगी नै बोलका गीत छन् । जसमा अन्जु पन्त, मनोज राज, शिव परियार, आस्था राउत, निखिता थापा, राज सिग्देल, पुष्पन प्रधान र युबराज चौलागाईंले स्वर दिएका छन् ।

हरि लम्सालको एकल संगीत रहेको एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉