अफ्रिकन सुन्दरीलाई मिस वर्ल्डको ताज


Miss-South-Africa-crowned-Miss-World-2014२२ वर्षीया अफ्रिकन सुन्दरी रोलिनी स्ट्रसले मिस वल्र्ड २०१४ को उपाधि चुमेकी छन् । आइतबार बेलुका लण्डनमा आयोजित कार्यक्रममा मेडिकल विषयकी विद्यार्थी रोलिनीले १ सय २० देशका सुन्दरीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । प्रतियोगितामा हंगेरीकी इडिना कल्चसर फष्ट रनरअप र अमेरिकाकी एलिजावेथ साप्रित सेकेण्ड रनरअप बने । पूर्व मिस वल्र्ड फिलिपिन्स सुन्दरी मेगान योङले रोलिनीको शीरमा ताज पहिर्याउदा खुशीले दुवै हात अनुहारमा पु¥याएकी थिईन् ।

उनले आफ्नो उपाधि समग्र अफ्रिकालाई समर्पण गरेको भन्दै आफ्नो देशको शिक्षामा सहयोग पु¥याउने बताईन् । यसपटकको प्रतियोगिता १९ वर्षीया मिस होण्डुरस मारिया जोसी अल्भाराडो प्रति समर्पण गरिएको थियो, जसको हत्या गत महिना भएको थियो । मारियासहित उनको बहिनीलाई बहिनीकी प्रेमीले हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतियोगिता मिस मलेसिया डेवी लिआना सेइरिस्ता मिस ट्यालेन्ट, मिस बोस्निया हर्ज गोभिना इसीडोरा बोरोभकानिन टप मोडल, मिस स्वीडेन ओलिभया एस्प्लन्ड विच फेसन, मिस युएसन एलिजावेथ साफ्रिथ मल्टिमिडिया अवार्ड, मिस ब्राजिल जुलिया गामा, मिस गुयाना राफिेय हुसेन, मिस इण्डिया कोयल राना, मिस इण्डोनेशिया मारिया सास्त्रयु र मिस केन्या इदा गुमा ब्युटी विथ प्रपोज, मिस थाइल्याण्ड नन्थावन थोङलेङ द पिपुल च्वाईस र मिस इण्डिया कोयल राना वल्र्ड फेसन डिजाइनर ड्रेस घोषित भए । नेपालकी प्रतियोगी मिस नेपाल सुविन लिम्बु भने पहिलो चरणबाटै बाहिरिएकी थिईन् ।

SUBSCRIBE 👉