दीपशिखाको नजरमा सबै केटा प्लेब्वाई


Ichha-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी माघ २ गते बाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘इच्छा’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’का निर्माता मुनाल घिमिरेको डेब्यु निर्देशन रहेको फिल्मको ट्रेलरमा अभिनेता सुवास थापा, दीपशिखा शाही र दयाहाङ राईलगायतले फिचरिङ गरेका छन् ।

ट्रेलरको एक संवादमा अभिनेत्री शाहीले विवाह भन्दा अघि सबै केटाहरु प्लेब्वाई हुने धारणा राखेकी छन् । दाङ, भैरहवा, काठमाडौ, धुलिखेल लगायतका स्थानमा छायांकन गरिएको फिल्ममा कमेडीसँगै प्रेमकथा रहेको निर्देशक घिमिरेले बताए । फिल्ममा ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

विवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने सन्देश बोकेको फिल्ममा गम्भीर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन र रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे तथा लक्ष्मण पौडेलको लगानी रहेको छ ।

SUBSCRIBE 👉