नातिकाजी सम्मान र पुरस्कार घोषणा


Nawaraj-Junuग्ल्यामर नेपाल, काठमाडौं ।
स्वर्गीय वरिष्ठ संगीतकार तथा गायक नातिकाजीको सम्मानमा स्थापित नातिकाजी स्मृति समाजले विभिन्न श्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । समाजका अध्यक्ष शम्भुजित बास्कोटाको अध्यक्षतामा गत पौष १ गते बसेको बैठकले उनीहरुलाई सम्मान तथा पुरस्कार दिन लागेको हो ।

जसअनुसार ‘नातिकाजी विशिष्ठ श्रष्टा सम्मान’ बाट पण्डित भवनाथ शर्मालाई सम्मानित गरिनेछ भने ‘नातिकाजी विशेष संगीत सम्मान’बाट शान्ति ठटाल, माधव खनाल ‘भावुक’, कमला श्रेष्ठ, दिनेश अधिकारी, गणेश रसिक र डा. विश्वम्भर प्याकुरेल सम्मानित हुनेछन् । यस्तै ‘नातिकाजी संगीत पुरस्कार’ बाट धनेन्द्र विमल, तारा थापा र भुपेन्द्र रायमाझीलाई पुरस्कृत गरिनेछ ।

यसैरी ‘नातिकाजी युवा संगीत प्रतिभा पुरस्कार’बाट नवराज लम्साल, जुना प्रसाई, सरिता मिश्रलाई पुरस्कृत गरिनेछ ।

SUBSCRIBE 👉