जुन नजिकैको छायांकन


Anu-Shahग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाली संगीत जगतमा ‘मेन्दो माया’ भन्दै एक दशक अघि प्रवेश गरेका गायक देवराज आले मगरले पछिल्लो एल्बम ‘रुपमती’ सार्वजनिकसँगै ‘जुन नजिकै’को म्युजिक भिडियो छायांकन गरेका छन् ।

शिवराज गुरुङको निर्देशनमा फोटो पत्रकार नविन गुरुङले म्युजिक भिडियोको छायांकन गरेका हुन् । भिडियोमा चर्चित मोडल तथा नायिका अनु शाह र गणेश तामाङले अभिनय गरेको यस गीतको म्युजिक भिडियोलाई अनुप गिरीले सम्पादन गरिरहेका छन् ।

माया प्रेममा वैवाहिक बन्धनमा बाँधिएका जोडीको कथालाई समेटेर म्युजिक भिडियो निर्देशन गरेको निर्देशक शिवराज गुरुङले जानकारी गराए । गीतमा नवराज लम्सालको शब्द र हरि लम्सालको संगीत छ ।

SUBSCRIBE 👉