गौरवको सांगीतिक समयको अन्त्य सार्वजनिक


Album-Bimochanग्ल्यामर नेपाल, काठमाडौं ।
नवगायक गौरव घिमिरेको पहिलो सांगीतिक एल्बम ‘समयको अन्त्य’ स्रोतामाझ आएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ संगीतकार तथा रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीतकार संघका महासचिव महेश खड्कासहित गायक घिमिरेले संयुक्त रुपमा एल्बमको बिमोचन गरे ।

एलिजा सिङगिङ स्टार २०७० का विजेता गौरवको यो एल्बममा ‘मनको बाणसँगै’, ‘आज किन यति’, ‘समयको अन्त्य’, ‘गीत हौ’, ‘अधुरो’ र ‘याद बाँकी’ गरी ६ गीत समावेश छन् । ‘मनको बाण’ बोलको गीतमा गायक शिव परियारले फिचरिङ गरेका छन्। एल्बममा समावेश गीतहरु मध्ये ‘समयको अन्त्य’मा डा. प्रकाशराज भण्डारी तथा ‘याद बोकी’ बोलको गीतमा गायक स्वयंमको तथा अन्य चार गीतमा संगीत योगेश काजी बिसीले दिएका छन् भने सम्पुर्ण गीतहरुमा बिसीको नै एकल शब्द रचना छ ।

भाईब्स क्रियशनले बजारमा ल्याएको एल्बम गायकले आफ्नो हजुरबुबा र हजुरआमाको सम्झनामा एल्बम ल्याएको जानकारी दिए । कार्यक्रममा ट्युमरको बिरामी रहेका संगीतकार तथा सञ्चारकर्मी सुर्यकुमार क्षेत्रीको स्वास्थ्य उपचारमा सहयोगको लागी भाईब्स क्रियशनका प्रबन्ध निर्देशक पर्शुराम रिजाल तथा गायक घिमिरेको तर्फबाट १० हजार एक सय एकाउन्न रुपैया संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गरिएको थियो ।

SUBSCRIBE 👉