मिस वल्डको नयाँ संस्करण विकिनीबिहीन


Miss-Worldमिस वल्ड प्रतियोगितामा आगामी वर्षदेखि विकिनी या स्वीमसुट राउण्ड नरहने भएको छ । ६३ वर्षको प्रतियोगिताको इतिहासमा पहिलोपटक आयोजकले स्वीमसुट राउण्ड हटाउने निर्णय गरेको छ ।

‘२०१५ देखि मिस वल्ड सौन्दर्य प्रतियोगितामा स्वीमसुट राउण्ड हुने छैन,’ आयोजक संस्थाकी अध्यक्ष जूली मोर्लेले भनेकी छन्,‘हामी प्रतियोगितालाई उद्देश्यपरक किसिमले लैजाने सोच बनाएका छौं, यो उद्देश्य स्वीमसुट राउण्डले पुरा गर्दैन ।’ मोर्लेले सन् १९५१ मा प्रतियोगिताको शुरुवात गरेकी थिईन् ।

यो प्रतियोगितामा १ सय २० देशका महिलाले सहभागिता जनाउँछन् । हालै दक्षिण अफ्रिकाकी रोलेन स्ट्रेस नयाँ विश्व सुन्दरी चुनिएकी छिन् । उनी विकिनी राउण्डमा देखिन अन्तिम विश्व सुन्दरी बनेकी छन् ।

SUBSCRIBE 👉