भुवनलाई सम्मान गर्दै इच्छाको पोस्टर र अडियो सार्वजनिक


Bhuvan-kc-Ichchha-1ग्ल्यामर नेपाल, काठमाडौ ।
माघ २ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘इच्छा’ले सदाबहार अभिनेता भुवन केसीलाई सम्मान गर्दै फिल्मको दुईवटा फष्टलुक पोष्टर र अडियो एल्बम सार्वजनिक गरेको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बिच नायक भुवन केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले संयुक्त रुपमा २ पोष्टर र अडियो एल्बम विमोचन गरेका थिए।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक मुनाल घिमिरेले फिल्मले फरक पुस्ताको फरक सोचाईलाई समेटेको बताए। निर्माता प्रकाश घिमिरेले फिल्म सामाजिक विषयबस्तुमा आधारित भएर निर्माण भएका कारण फिल्मले मनोरञ्जन सगैं सन्देश पनि दिने जनाए। कलाकार सुबास थापाले फिल्म सबैले हेर्न लायकको रहेको भन्दै फिल्मले समाजकै यर्थाथ कथा बोकेको खुलाए।
ichha-poster
कार्यक्रममा भुवनलाई फिल्मको तर्फबाट सम्मान गरिएको थियो। नायक भुवनले आफुलाई सम्मान गर्ने फिल्मको सम्पुर्ण यूनिट देखी प्रोडक्शन कम्पनीलाई पनि धन्यवाद व्यक्त गरे। उनले फिल्मलाई सम्पुर्ण दर्शकले मन पराउनेमा विश्वास व्यक्त गर्दै करिब ३ दशक फिल्म यात्रामा गरेको दुःखको स्मरण गरे।

फिल्ममा सुबास थापा, दिपशिखा शाही, दयाहाङ राई, ओम प्रतिक,देशभक्त खनाललगायतका कलाकारहरुको अभिनय रहेको छ। गम्भिर विष्टको नृत्य, रोशनश्रेष्ठको द्वन्द्व, प्रकाश घिमिरेको लेखन रहेको फिल्ममा रोम ओली,नविनश्रेष्ठ,प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ।

SUBSCRIBE 👉