भीमको ‘तिमी करम’ भिडियो


Bhim-BCग्ल्यामर नेपाल, काठमाडौं ।
गायक भीम विसीले आफ्नो तेस्रो एल्बम ‘तिमी करम’को शिर्ष गीतसहितको भिडियो ‘तिमी करम’ सार्वजनिक गरेका छन् । गत बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको भिडियो समावेश एल्बममा ४ वटा गीत रहेका छन् ।

बिसीकै शब्द र संगीत रहेको भिडियोलाई रन्धिर श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोको छायांकन तथा सम्पादन पनि स्वयंम् श्रेष्ठको नै रहेको छ । भिडियोमा मिराज विक्रम सिंह र भुमिका शर्माले फिचरिङ गरेका छन् ।

गायक बिसीका अनुसार गीतलाई सुफी शैलीमा प्रस्तुत गरिएको छ । सुफी शैलीका गीतहरु नेपालमा चल्ने भएपनि यस्ता गीतहरु विरलै प्रचलनमा आइरहेका बेला बिसी एल्बम मार्फत आफु स्थापित हुनेमा विश्वस्त छन् । गायक बिसी फिल्म ‘फुटपाथ’बाट सुफी शैलीका गीतमा डेब्यु गरेका हुन् ।

https://www.youtube.com/watch?v=sZZDckI-Mkw

SUBSCRIBE 👉