लक्ष्मी स्टील राईजिङ स्टारमा ४६ प्रतिष्पर्धी


Rising-Starग्ल्यामर नेपाल, काठमाडौं ।
बालबालिका भित्रको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरता उजागर गर्ने राईजिङ स्टारको विशेषता भन्ने मूल नाराका साथ आगामी माघ १० गते ‘लक्ष्मी स्टील्स राईजिङ स्टार २०७१’ हुने भएको छ । क्रिएटिभ वल्र्ड नेपालले राजधानीस्थित प्रज्ञा भवनको प्रेक्षालयमा हुने आयोजना गर्न लागेको प्रतियोगितामा ४६ जना बालबालिकाहरु भिड्दैछन् ।

उनीहरुलाई कोरियोग्राफर प्रशंसा श्रेष्ठले १२ दिनको विशेष तालिम दिनेछिन् भने नेपालका ख्याति प्राप्त विभिन्न क्षेत्रमा व्यक्तिबाट पनि विशेष प्रशिक्षण दिनेछन् । विजेताले ५० हजार रुपैंयाँसहित ट्रफि र आकर्षक उपहारहरु पाउनेछन् । फस्ट रनरअप र सेकेण्ड रनरअपले मोबाईल सेट, ट्रफी र उपहारहरु पाउनेछन् भने थुप्रै अन्य टाईटल अवार्डहरु रहेका छन् ।

कार्यक्रममा शिक्षाको क्षेत्रमा अनवरत कलम चलाईरहेका पत्रकार इश्वरराज ढकाललाई १० हजारसहित ‘शैक्षिक पत्रकारिता पुरस्कार’ र शिक्षाको विकासमा समर्पित एभरेष्ट इङ्लिस स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलाई ‘शैक्षिक सम्मान’ तथा वरिष्ठ संगीतकार सुनिल मास्केलाई ‘सांगीतिक सम्मान’द्वारा सम्मानित गरिने कार्यक्रम संयोजक शान्तिराम राईले बताए ।

SUBSCRIBE 👉