बिर्खे पछि जिग्री बनाउँदै अराज


Araj-Keshavग्ल्यामर नेपाल, काठमाडौं ।
थुप्रै फिल्ममा मुख्य सहायक निर्देशक भई फिल्म ‘बिर्खेलाई चिन्छस्’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक अराज केशव गिरीले अर्को फिल्म ‘जिग्री’को निर्देशन गर्ने भएका छन् । रोज इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको फिल्मको कलाकार भने फाइनल भइसकेको छैन ।

निर्देशक गिरीका अनुसार फिल्म रोमान्टिक, कमेडी र एक्सन फ्लेबरको हुनेछ । ‘जिग्री शब्द आफैमा आत्मिय शब्द हो, त्यसकारण फिल्मले पनि साथी, परिवारलगायतको सम्बन्धलाई प्रस्तुत गर्नेछ,’गिरीले भने,‘फिल्मको छायांकन फागुनबाट शुरु गर्नेछौं ।’

फिल्ममा उनकै कथा र पटकथा हुनेछ भने रञ्जना राईको गीत र महेश खड्काको संगीत रहनेछ ।

SUBSCRIBE 👉