मोहनको ‘मेरो मनमा’को भिडियो सार्वजनिक


Akesha-Bistaग्ल्यामर नेपाल, काठमाडौं ।
पेशाले व्यापारी मोहन राई पछिल्लो समयमा गायकको रुपमा चर्चा कमाइरहेका छन् । उनको पहिलो गीतको म्युजिक भिडियो ‘यो आँखाले ताकेको’ बोलको गीतलाई दर्शक श्रोताहरुले अत्याधिक मनपराए । सामाजिक सञ्जालदेखी विभिन्न टेलिभिजनहरुमा गायक राई यही गीतका कारण चर्चामा रहे ।

यही दर्शकहरुको चाहनालाई बुझ्दै गायक राईले आफ्नो दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उर्गेन लामाको शब्द, संगीतमा रहेको ‘मेरो मनमा के को हुरी चल्दैछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सुरज सिंह ठकुरीले निर्देशन गरेको म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेकी मोडल तथा नवअभिनेत्री अकेशा विष्ट र फिल्म ‘ताण्डव’बाट डेब्यु गरेका अभिनेता एलन गुरुङले मोड्लिङ गरेका छन् । शिवराम श्रेष्ठले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । सार्वजनिक भएको गीत एल्बम ‘साम्योङ’मा समावेश रहेको छ ।

SUBSCRIBE 👉