शंकर र डीपीको सांगीतिक सधैंसधैं सार्वजनिक


Prem-Dhoj-Pradhan-Shankar-Smile-D-P-Khanal-album-lunching-of-Sadhain-Sadhainग्ल्यामर नेपाल, काठमाडौं ।
गायक तथा संगीतकार शंकर थापा स्माइल तथा गीतकार डीपी खनालले संयुक्त रुपमा डेब्यु एल्बम ‘सधैंसधैं’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले संयुक्त रुपमा एल्बमको विमोचन गरे ।

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार प्रधानले स्माइल र खनालको सांगीतिक सफलताको कामना गरेका थिए भने डा. बरालले एल्बमको समिक्षा गरेका थिए । २०६० सालदेखि गुरु कैलाश राईसँग संगीत साधना नामक इन्स्टििच्युटमा, गुरुदेव कामतसँग गुरुकुल संगीत विद्यालयमा र भारतीय गुरु इन्दुप्रकाश त्रिवेदीसँग शास्त्रीय संगीतमा इलाहाबादबाट ५ औं वर्षसम्मको कोर्ष पुरा गरेका स्माइलले २०६३ सालमा ‘टाढा टाढा भयौ’ बोलको गीत रेकर्ड गराएका थिए । त्यसयता उनले हालसम्म करिब तीन दर्जन गीतमा स्वर दिइसकेका छन् । यसबाहेक उनले सय बढी गीतमा संगीत भरेका छन् भने पालो र सिक्स फिट लाइफ नामक दुई फिल्ममा पनि संगीत दिईसकेका छन् । उनी २०६९ सालमा गायनतर्फ प्रथम भएका थिए ।

उनको एल्बममा सधैंसधैं, कसरी जिउँ, जानी नजानी, मेरो साथ, मधुशाला, शान्त झैं बनी बोलका गीत छन् । कार्यक्रममा कसरी जिउँ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो, जसमा विमलेश अधिकारी र सम्पदा बानियाँले अभिनय गरेका छन् भने कमल एक्चै मगरले निर्देशन र सम्पादन गरेका छन् ।

SUBSCRIBE 👉