थ्रिलर तरस तरसको भिडियो सार्वजनिक


Thriller-Ladyग्ल्यामर नेपाल, काठमाडौं ।
‘तरस तरस’ बोलको गीतको थ्रिलर म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको स्वर, शब्द र कोरियोग्राफी रहेको भिडियोको निर्देशक केशव खड्का हुन् । गीतमा प्रशान्त पौडेल र रोबिन गौतमको संगीत रहेको छ ।

भिडियोमा प्रशान्त, रोबिन, दीपा राणा, विष्णु भण्डारी, अविशान्त रेग्मी र अंकित हमालले फिचरिङ गरेका छन् । निर्देशक खड्काका अनुसार भिडियोमा प्रशान्तको निधनलाई रहस्यमय तरिकाले देखाइएको छ । ‘भिडियो सर्ट फिल्म किसिमको बनेको छ।’ खड्काले भने । हरिस सिन्हाले सम्पादन गरेको भिडियोका छाँयाकार ज्ञानेन्द्र शर्मा हुन् ।

SUBSCRIBE 👉