किल्लाको पहिलो अनुहार सार्वजनिक


Killa-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
मेचे फिल्मस् प्रालिको पहिलो फिल्म ‘किल्ला’को पोष्टर र ट्रेलर एक कार्यक्रमबीच राजधानीमा सार्वजनिक गरिएको छ । द्वन्द्व निर्देशक हिमाल केसीको निर्देशन रहेको फिल्म फागुन २९ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । प्रदीप भारद्वाजको लेखन, विकास चौधरीको संगीत रहेको फिल्मकी निर्मात्री रक्षा मेचे हुन् ।

Click Here to Watch – Nepali Movie KILLA Trailer

रोमान्टिक एक्सनका अलावा समाजमा घट्ने विविध घटनालाई समेटिएको फिल्ममा सुभाष मेचे, सुरवी जैन, विल्सनविक्रम राई, पुकार भट्टराई, धु्रव कोइराला, बालदिप राई, उमेश खड्का लगायतको अभिनय रहेको छ ।

SUBSCRIBE 👉