दुव्र्यसनविरुद्ध सांगीतिक कार्यक्रम


Dharan-Concertग्ल्यामर नेपाल, काठमाडौं ।
संगीत मार्फत लागुऔषध दुव्र्यसन न्युनीकरणमा सहयोग पु¥याउन धरानका तीन सांगीतिक समूहलाई धरान १८स्थित जागृति युवा क्लबले सम्मान स्वरुप प्रशंषापत्र प्रदान गरेको छ ।

‘से एस टु म्युजिक, नो टु ड्रग्स’ नारासहित गत शनिबार धरानमा आयोजित जागृति सांगीतिक साँझमा प्रस्तुति दिएका धरानका द आउटसाईडर, तपस्वी र वाकिङ क्लाउड ब्याण्ड तथा नृत्य बाटिकालाई क्लबले प्रशंसा पत्र पाएको हो । लागुऔषध विरुद्ध अभियान चलाईरहेको धरानका डिएसपी सञ्जयसिंह थापाले उनीहरुलाई प्रशंसापत्र प्रदान गर्दै आगामी दिनमा पनि लागुऔषध विरुद्ध लाग्न आग्रह गरे ।
Singer-Concertकार्यक्रममा ब्याण्डहरुले आफ्नो प्रस्तुतिसँगै युवापुस्तालाई लागु औषधको कुलतमा नफस्न सन्देश दिएका थिए । लागुऔषधका कारण बद्नाम भएको धरानको छवि सुधार्न आफ्नो तर्फबाट सानो पहल स्वरुप यस्तो कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक सनि श्रेष्ठले बताए । उनले युवापुस्तालाई संगीततर्फ आकर्षित गराएर दुव्र्यसनबाट टाढा राख्ने अभियान चलाएको बताए । कार्यक्रममा बोल्दै धरानका डिएसपी सञ्जयसिंह थापाले अहिले प्रहरी लागुऔषध न्युनिकरणकालागि लागि परेकाले सहयोग गर्न सबैलाई आग्रह गरे । उनले संगीतकर्मीले संगीत मार्फत, सञ्चारकर्मीले कलम मार्फत लागुऔषध विरुद्ध लाग्नु पर्ने बताए ।

एन्फा उपाध्यक्ष किशोर राईले धरानका युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन युवाहरुले संगीत मार्फत अभियान चलाएकोमा सरकारी निकायबाट समेत सहयोग गर्नु पर्ने बताए । नेपाली कांग्रेसका युवा नेता सन्दीप श्रेष्ठले युवाहरुलाई संगीतबाट परिवर्तन गर्न सकिने भन्दै त्यसतर्फ ध्यान दिन सरोकारवालालाई आग्रह गरे ।

SUBSCRIBE 👉