भिडियोमा संविधानका कुरा


Nirnaya-Surendraग्ल्यामर नेपाल, काठमाडौं ।
माघ ८ गते संविधान ल्याउने भनेर नेताहरु व्यस्त भए पनि सही समयमा संविधान आउन सकेको छैन । तर कलाकारहरु चाहिँ संगीतका माध्यमबाटै भए पनि नेताहरुलाई संविधान बनाउन दबाब दिईरहेका छन् ।

यसै परिप्रेक्ष्यमा सुरेन्द्र फुयाल र र्यापर निर्णय एनएसकेसँगै मुम्बईमा बस्दै आएकी गायिका जमुना शर्माले संयुक्त रुपमा ‘संविधान’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोले देशको वर्तमान राजनीतिक अवस्था र त्यसले समाजमा पारेको प्रभावलाई चित्रित गरेको छ ।

सुरेन्द्रकै शब्द रहेको गीतमा प्रमोद तिमिल्सिनाको संगीत छ । निर्णयले निर्देशन गरेको भिडियोमा उज्जवल किराँतीको छायांकन र मोक्षको सम्पादन रहेको छ ।

SUBSCRIBE 👉