अस्ट्रेलियाका विभिन्न सहरमा नेपथ्यको कन्सर्ट हुने


nepathay-in-concert

Nepathya to perform in Australia

ग्ल्यामर नेपाल, काठमाडौँ ।
नेपथ्य ब्यान्डले नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गर्ने भएको छ। म्याग्दी सेवा समिति अस्ट्रेलियाले ‘नेपथ्य टुर २०१५’ कन्सर्ट गर्ने बारे जानकारी दिएको छ। म्याग्दी समाज समितिका अनुसार पर्थमा अप्रिल ४ बाट सांगीतिक यात्रा सुरु गरि, सिड्नीमा ११ र २६ तारिखमा मेलबर्नमा कन्सर्ट गरी यात्राको समापन गरिनेछ।

सिड्नीको लुना पार्कमा गरिने कन्सर्टमा करिब तीन हजार दर्शक क्षमता रहेको बिग टप अडिटोरियममा हुने छ। ‘बिग टप अडिटोरियममा पहिलोपटक नेपाली कार्यक्रम हुन भएको छ,’ समितिका अध्यक्ष हरि राम्जालीले भने। उनले कर्न्सटको व्यवस्थापनका लागि ३० सुरक्षाकर्मीसँगै स्वयंसेवकहरुले सुरक्षा दिने बताएका छन्।

सिड्नीको व्यवस्थापन आयोजकले गर्ने भए पनि अन्य सहरमा भने स्थानीय संघसंस्थासँग सहकार्य गरेर कन्सर्ट सम्पन्न पार्ने राम्जालीले बताए। नयाँ एल्बमको तयारीमा रहेको नेपथ्यले पुराना गीतका साथै नयाँलाई समेत अस्ट्रेलियामा रहेका नेपालीमाझ प्रस्तुत गर्नेछ।

SUBSCRIBE 👉