नेपालमा रिलिज नहुदैं अष्ट्रेलियामा इच्छा


ग्ल्यामर नेपाल, काठमाडौँ ।
नेपालमा प्रदर्शन नहुँदै विदेशमा नेपाली फिल्महरुको विशेष सो को आयोजना हुने क्रम बढ्दै छ। यसै क्रममा नेपाली फिल्म ‘इच्छा’ पनि नेपालमा सार्बजनिक प्रदर्शनमा आउनु अघि नै अष्ट्रेलियामा बिशेष सो हुने भएको छ। मुनाल घिमिरे निर्देशित फिल्म ‘इच्छा’ लाइ अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टले अष्ट्रेलियामा बिसेष सो का लागि नौ लाखमा राइट किनेको छ। फिल्मलाई अष्ट्रेलियामा २०१५ मे (२०७२ बैशाख) मा प्रदर्शन गरिने जनाईएको छ भने नेपालमा २०१५ फेब्रुअरी २० (२०७१ फागुन ८) मा प्रदर्शन मिति तय गरिएको छ।

deepshika-subashफिल्म ‘इच्छा’ नेपालमा प्रदर्शन नहुँदै अष्ट्रेलियामा बिक्री भएको निर्देशक मुनाल घिमिरेले जानकारी दिएका हुन्। फिल्मको तर्फबाट निर्देशक घिमिरे र अष्ट्रेलियाको लब्लि इन्टरटेन्मेन्टको तर्फबाट शेषमणी शर्माले संयूक्त रुपमा सहमती पत्रमा हस्ताक्षर गरेका छन्।

अष्ट्रेलियामा फिलको प्रदर्शनका लागी नेपालबाट निर्देशक घिमिरे जाने भएका छन्। अष्ट्रेलियासँगै जापान, अमेरिका लगायतका देशमा प्रदर्शन गर्ने कुरा अन्तिम चरणमा पुगेको बताईएको छ। घिमिरेले भने ‘हामीले अरु देशका लागी पनि कुरा चलाएका छौं हामी प्रोमो देखाएर कसैलाई झुक्याउँदैनौ हामी पुरा फिल्म नै देखाउँछौ ।’

फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको इच्छालाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान-श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।

चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ ।

गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

SUBSCRIBE 👉