आरपीले सार्वजनिक गरे तोते बोली गीत


Rajaram-Songग्ल्यामर नेपाल, काठमाडौं ।
गायक तथा हाँस्य कलाकार आरपी भट्टराईले तोते बोलीको गीत ल्याएका छन् । हाँस्य कलाकार तथा गायक भट्टराईले आफ्नो दोस्रो गिती अडियो एल्बम ‘नेपाली भुँडी’मा रहेको शिर्ष गीतलाई म्युजिक भिडियोसहित हालै युट्युबमार्पmत सार्वजनिक गरेका हुन् । गीतअनुसारको यसको म्युजिक भिडियो पनि रोचक ब‘(जोगिन्दर), पल्पसा डंगोल (चम्सुरी), मरिचमान श्रेष्ठ (बल्छि धुब्रे), ज्योती काफ्ले (नक्कली बाबुराम) विनोद मानन्धर, नायिका तथा मोडल अनिता केसी, मोडल रिना गिरीलगायत झण्डै एक दर्जनले अभिनय गरेका छन्।

‘गायक प्रकाश पौडेलले रोएर गीत गाउनुभयो, मदनकृष्ण श्रेष्ठले हाँसेर गीत गाउनुभयो, उहाँका छोरा यमन श्रेष्ठले खासखुस गरेर गीत गाउनुभयो’ टेलिभिजन दर्शकमाझ इन्जियनियल लादालामका रुपमा चिनिएका आरपी भन्छन् ‘मैलेचाहिँ मलाई चिनाउने लादालाम क्यारेक्टरअनुसार तोतेबोलीमै गीत गाएँ ।’ सधैं केही नयाँ गरौं भन्ने सोचेर नयाँ नयाँ प्रयोग गर्दै आएका भट्टराईले कमेडी सिरीयल तितो सत्यमा तोत बोली बोल्ने अधवैशेको पात्रसँगै आप्mनै बडेमानको भुँडी सुहाउँदो शव्दका साथ तोते बोलीमा गीत गाएका हुन् ।

एल्बममा रहेका सबै गीत उनले तोते बोलीमै गाएका छन् । हास्य अभिनेताका रुपमा स्थापित भट्टराई गायकका रुपमा पनि स्थापित नाम हुन् । उनले ‘याया थुक्क’ नामक एल्बम पनि बजारमा ल्याइसकेका छन् भने ‘नेपाली भुँडी’मा भने ९ गीत संग्रहित छन् । यसका २ गीत माली गाईको घ्यु र अमलिसोको कुच्चोले यसअघि नै बजार तताईसकेको छ भने यसको म्युजिक भिडियो पनि आईसकेको छ ।

SUBSCRIBE 👉