राजधानीमा दश देशका फिल्मको प्रदर्शनी


Kiff-Press Meetग्ल्यामर नेपाल, काठमाडौं ।
आगामी सोमबारबाट राजधानीमा पाँच दिने ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव(किफ)’ हुने भएको छ । नेपाल फिल्म सोसाइटीले आयोजना गर्न लागेको महोत्सवमा नेपालसहित १० देशका १७ फिल्मको प्रदर्शन गरिनेछ ।

माघ २३ गतेसम्म चल्ने महोत्सवको उद्देश्य नेपाललाई फेस्टिबल हबका रुपमा विकास गर्ने रहेको संस्थाका अध्यक्ष कृष्ण मल्लले बताए । उनले संस्थाले नेपाली फिल्ममा गाउँका दर्शकको पहुँच पु¥याउन नयाँ अभियान चलाउन लागिएको जानकारी दिए ।

आयोजकका अनुसार महोत्सवमा रुस र स्वीजरल्यान्डका दुई–दुई र भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे, स्लोभाकिया र डेनमार्कका एक–एक फिल्म देखाइनेछ । नेपालका तर्फबाट भने ‘वनफूल’, ‘डा खाते’, ‘काठमाडौं’, ‘पल’ र ‘भीमदत्त’ रहेका छन् । महोत्सवको उद्घाटनमा ‘वनफूल’ देखाइनेछ । महोत्सव रुसी सांस्कृतिक केन्द्र कमलपोखरीमा हुनेछ ।

SUBSCRIBE 👉