चैत्र १३ मा आउँदै पाप


Paap-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
एनआर घिमिरेले निर्देशन गरेको फिल्म ‘पाप’ चैत्र १३ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । बोल्ड क्यारेक्टरको रुपमा चर्चित अभिनेत्री सुष्मा कार्कीलाई पहिलो पटक फरक भूमिकामा देखाउन खोजिएको फिल्ममा आयुष रिजालको समेत अभिनय रहेको छ।

सुष्मा र आयुषका अलावा फिल्ममा समिक्षा अर्याल, ध्रुव कोईराला र पुष्कर जंग थापाको अभिनय रहेको छ । विन्देश्वरी सिने आर्ट प्रालिको व्यानरमा विकास शर्माले निर्माण गरेको फिल्ममा अर्जुन जिसीको सम्पादन, दिनेश लिम्बुको नृत्य र पवन गौतमको छायांकन रहेको छ ।

SUBSCRIBE 👉