के निश्मालाई फिल्म नफापेकै हो त ?


ग्ल्यामर नेपाल, काठमाडौं ।
डेब्यु फिल्म नै हिट हुने भाग्यमानी कलाकार विरलै हुन्छन्। निश्मा घिमिरे तिनै मध्येकी एक हुन्। उनको सिने यात्राको पहिलो खुडकिलो फिल्म ‘रिदम’ व्यावसायिक रुपमा सुपरहिट भएको थियो। दर्शकले मात्र होइन्, समीक्षकले पनि ताली पिटे। यसहिसाबले हेर्दा यतिबेला निश्मालाई भ्याईनभ्याई हुनुपर्ने हो। तर यर्थाथ फरक छ। उनको फिल्मी करिअर आशातित रुपमा अगाडी बढ्न सकेको छैन। म्युजिक भिडियो मै सिमित हुनु परेको छ।

nishma-ghimire

Actress Nishma Ghimire | Photo Courtesy: Sajan Rana

पछिल्लो पटक रिलिज भएको निश्माको फिल्म ‘लभ यु बाबा’ले पनि खासै फाइदा पुराएन। जबकी फिल्ममा उनको लिड रोल थियो। कतिपयले उनले ओभर एक्टिङ गरेको भन्दै आलोचना पनि गरे। आठ वर्षीय सौगात विष्टले निर्देशन गरेका कारण लिड रोल भएपनि प्रमोशनमा उनलाई खासै प्राथमिकता दिइएको थिएन। त्यसमाथि फिल्म व्यावसायिक रुपमा पनि असफल रहयो। त्यसैले निश्मा फिल्मी करिअर संकटमा परेको चर्चा चल्न थालेको छ। उनी आफैंले पनि अभिनय भन्दा नृत्य सिक्न र सिकाउन बढी तल्लील रहेको बताउन थालेकी छिन। के निश्मालाई फिल्म नफापेकै हो त ?

SUBSCRIBE 👉