ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म लेखनबाट निर्माताका रुपमा डेब्यु गरेका प्रदिप भारद्वाजले निर्माण गर्न लागेको फिल्म ‘चलेछ बतास सुस्तरी’को हालै राजधानीमा मुहुर्त गरिएको छ ।
अरुण फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई सब्बु सुबेदी र अनिला खड्काले संयुक्त रुपमा निर्देशन गर्नेछन् । उनीहरु दुवैको यो डेब्यु निर्देशन हो । मुहुर्त कार्यक्रममा नायक प्रमोद भारद्वाज, नायिका सुष्मा कार्की र कलाकार पुष्प लुईंटेलले मुहुर्त सट पनि दिए ।
फिल्मलाई सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले खिच्नेछन भने रामजी लामीछाने र कविराज गहतराजको कोरियोग्राफी रहने छ। रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहने छ । विकास चौधरी र सन्तोष राजौरेको संगीत फिल्ममा सुन्न पाईने छ ।
फिल्ममा आकास पल, निशा नेपाल, डेबिट शंकर, पुष्प लुईंटेल, हेमन्त बुढाथोकी, बालदिप राई लगायतका कलाकारको अभिनय पनि रहनेछ । फिल्मको छायांकन माघको अन्तिम साताबाट शुरु हुनेछ ।