मिस नेपालको नयाँ संस्करण शुरु


miss-nepal-2014-winner-photoग्ल्यामर नेपाल, काठमाडौं ।
मिस नेपाल २०१५ को २० औं संस्करण नयाँ वर्षको वैशाख ४ गते हुने भएको छ । आयोजक हिडन ट्रेजरले प्रतियोगितामा भाग लिन चाहने युवतीहरुले आउँदो फागुन १६ सम्म फारम भरी ६ हप्ते गहन तालिममा सामेल हुनुपर्ने जनाएको छ । आयोजकले वन्यजन्तु तथा प्रकृति संरक्षण र महिला हिंसाविरुद्ध प्रशिक्षण दिइने जनाएको छ ।

हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले विराटनगर, धरान, पोखरा, चितवन, बुटवल, वीरगञ्ज, नेपालगञ्जजस्ता शहरहरुमा योग्य मिस नेपालको छनोट कार्यक्रम चलाउने बताए । प्रतियोगितामा १९ देखि २४ वर्ष उमेर समूहका १२ कक्षा पास गरेका युवतीहरुले भाग लिन पाउने छन् । यस पटकको प्रतियोगितामा मिस नेपाल वल्र्ड हुनेले १ लाख, मिस नेपाल अर्थ हुनेले ६० हजार र मिस नेपाल इन्टरनेसनल हुनेले ४० हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगीलाई रचना गुरुङ शर्मा र माल्भिका सुब्बाले कोरियोग्राफी गर्नेछन् ।

SUBSCRIBE 👉