डेब्यु फिल्ममै सुचित्राको अधर चुम्बन


ग्ल्यामर नेपाल, काठमाडौं ।
पहिलो फिल्मबाट बन्ने छविले करिअरमा दीर्घकालीन अर्थ राख्ने भएकाले हिरोइनहरु निकै संवेदनशील हुन्छन्। त्यसैले सुरुमै बोल्ड सिन दिन अन्कनाउँछन् तर सुचित्रा आचार्य आम हिरोइनभन्दा अलग रुपमा देखापरेकी छिन्। डेब्यु फिल्म ‘जंगबहादुरको कोट’मा निर्धक्क दिएको अधर चुम्बनले यही पुष्टि हुन्छ।

Bimlesh Adhikari Suchitra Acharya

Suchitra Acharya, Bimlesh Adhikari | Jung Bahadur ko Coat

युट्युबमा सार्वजनिक ‘आधा बाटो…’बोलका गीतमा उनले विमलेश अधिकारीसँग अधर चुम्बन गरेकी हुन्। गीतमा उनलाई निकै हट लुक्समा देखाउने प्रयास गरिएको छ। कालीप्रसाद बाँस्कोटाले कम्पोज गरेको उक्त गीतमा सनुप पौडेल र आरती थापको स्वर सुन्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन्। भेटवाल त्यहाँ फिल्म स्टडिजमा मास्टर्स गर्दैछन्। फिल्मले जंगबहादुरको विषय उठान नगरेको भेटवालले प्रष्ट पारेका छन्। फिल्ममा विमलेश र सुचित्राका अलवा अनुप बराल, विश्व बस्नेत, सुवागीं कोइराला, मोहन निरौलालगाएतका कलाकारको अभिनय रहेको छ। २५ फेब्रअरीमा अष्ट्रेलियाको मेलबर्नमा ग्रान्ड प्रिमियर गर्ने निर्माण पक्षले जानकारी दिएको छ भने नेपालमा कहिले प्रदर्शन हुने बारे खुलाईएको छैन।

SUBSCRIBE 👉