फिल्मको प्रदर्शन मिति पर सर्दा झनै खुशी निर्माता र निर्देशक


ग्ल्यामर नेपाल, काठमाडौ।
निर्धारित रिलिज मिति माघ २ गतेबाट सरेर फागुन ८ मा पुग्दा फिल्म ‘इच्छा’का निर्देशक मुनाल घिमिरे खुशी छन्। ‘रिलिज मिति सर्दा झन् फाईदा पुगेको छ,’ उनी भन्छन्, ‘संविधान जारी हुने दिन नजिकिादै गर्दा बन्द र हडतालको चपेटामा परेको फिल्मको अब रिलिज हुने मिति सबै किसिमबाट उत्तम छ।

‘मिति सर्दा फिल्मलाई झन् फाईदा भएको छ। बन्दले तनाव दिएको थियो। जाडो पनि धेरै नै थियो, जसका कारण बिहान र बेलुकाका शोहरुमा दर्शक आउन गाह्रो थियो। अहिले बन्द पनि छैन, जाडो पनि घटिसक्छ।’ उनी भन्छन्।
munal ghimireफिल्मको प्रचारप्रसारको अन्तिम चरणमा आएर रिलिज रोकिएको थियो। मुनालले प्रचारप्रसारमा पनि बढि समय पाएको बताए। ‘मिडियामा एक हिसाबको प्रचारप्रसार भएकै छ। अब देश दौडाहामा लाग्छौ।’ उनले भने।

त्यस्तै चलचित्रका निर्माता प्रकाश घिमिरेले आफुलाई माघको रिलिजबाट जति आशा थियो त्यो भन्दा बढि अहिले आशा रहेको उल्लेख गरे। पहिलेको भन्दा अहिलेको रिलिज मिति उत्तम हुनुले नै आशा बढाएको घिमिरेले बताए।

फिल्ममा दयाहाङ् राई, सुवास थापा, शिखा शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ।

SUBSCRIBE 👉