देवानको सांगीतिक एल्बम “अब”


Dewanग्ल्यामर नेपाल, काठमाडौं।
नवगायक ध्रुब देवानको पहिलो सांगीतिक एल्बम ‘अब’ श्रोतामाझ आएको छ। राजधानीमा आयोजित कार्यक्रममा पप-रक गायक रोबिन तामाङ, सञ्जय श्रेष्ठलगायतले एल्बमको विमोचन गरेका हुन्।

यसअघि नै युट्युवमा सार्वजनिक पहिलो गीत ‘ससुरालीमा’ को सफलताले उत्साहित गायक डिवानको एकल एल्बम ‘अब’मा छ वटा गीत समावेश छन्। सोसाईटी मिडिया प्रालीले बजारमा ल्याएको एल्बममा ‘मरेकी छे’, ‘ससुराली घर’, ‘ओठको हाासो’, ‘पुलुक्कै हेर्ने’बोलका गीत छन्। एल्बममा रमेश अधिकारी र विनोद नकर्मीको शब्द संगीत छ।

गायक देवानले बाल्यकालदेखिको गायक बन्ने सोख पुरा भएकोमा खुशी व्यक्त गर्दै यसको श्रेय र प्रेरणाको श्रोतको रुपमा सिनियर गायकहरु र आफ्ना नजिकका केहि साथी सहपाठीलाई दिए। उनले पहिलो एल्बम आफुलाई जन्मदिने आमा र बुबाप्रति समर्पित गरेका छन्।

SUBSCRIBE 👉