भीमको सांगीतिक एल्बम “प्रतिक्षा”मा सार्वजनिक


ग्ल्यामर नेपाल, काठमाडौं ।
क्वालिटी फिल्मस् प्रा.लि.को प्रस्तुतिमा तयार भएको भीम विर्कत्ता मगरको सांगीतिक एल्बम ‘प्रतिक्षामा’ सार्वजनिक भएको छ। राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरि वल्लभ नेपाल, सल्लाकार गोविन्द गिरीलगायतले विमोचन गरे।

Album-Launcha
कार्यक्रममा एल्बमका बारे गायक मौसम गुरुङ, गायिका देवी घर्तीमगर, दिपक बसन्त कार्की, निर्देशक उमेश गुरुङ्ग, राष्ट्रिय लोकसंचारकर्मी नेपालका पूर्व अध्यक्ष गोविन्द गिरीले बोलेका थिए। एल्बममा कामको सिलसिलामा विदेश गएको श्रीमान र स्वदेशमा रहेकी श्रीमती बिचको पीडालाई प्रस्तुत गरिएको छ।

SUBSCRIBE 👉