विद्यार्थीमाझ झिग्रानाको दोस्रो ट्रेलर


zhigrana-posterग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म निर्माणसँगै फिल्मको प्रमोशनका लागि निर्माताहरुले नयाँ-नयाँ तरिकाहरु प्रयोग गर्न थालेका छन्। विशेषत युवा लक्षित फिल्महरुले फिल्मको प्रमोशन कलेजका कार्यक्रममा गर्न थालेका छन्। फिल्म ‘होस्टेल रिटर्नस’ले केही समय अघि कलेजका विद्यार्थीमाझ ट्रेलर सार्वजनिक गरेको दुई साता बित्न नपाउँदै अर्को फिल्म ‘झिग्राना’ले पनि त्यस्तै शैली अपनाएको छ।

फिल्मले शुक्रबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित युनाइटेड एकेडेमीले आयोजना गरेको कार्यक्रममा दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। कार्यक्रममा फिल्मका निर्देशक पासाङ शेर्पा, निकुन श्रेष्ठ, ज्योति कार्कीलगायतको उपस्थिति रहेको थियो। निर्देशक पासाङले विद्यार्थीमाझ फिल्मको प्रचारमा सहयोग पुर्याउन कार्यक्रम गरिएको जानकारी दिए।

फिल्मले अनुसन्धानका लागि गाउँ गएका युवाले बाटोमा भोग्नु परेको जटिल अवस्थालाई प्रस्तुत गरेको छ। गोल्डेन याक इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा हन्ना जी, मेनुका प्रधान, शान्ति गिरी, अरुण रेग्मी, बिना पाण्डेलगायतको अभिनय रहेको छ।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्