जेठमा सुरप्रभा गीत संगीत अवार्ड


ग्ल्यामर नेपाल, काठमाडौं ।
विभिन्न संघसंस्थाले संगीत सम्बन्धी अवार्ड गरिरहँदा त्यो लहरमा अर्को अवार्ड पनि थपिएको छ। सुरप्रभा गीत संगीत प्रालिले पनि संगीतको उत्थानको लागि भन्दै ‘सुरप्रभा गीत संगीत अवार्ड’ गर्न लागेको हो। संस्थाले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अवार्ड बारे जानकारी दिएको हो।

Sur-Pravha-Geet-Sangit-Award

संस्थाका अध्यक्ष भावेश भुमरीले अवार्डमार्फत गीत संगीतमा लागेका स्रष्टाको मनोबललाई थप बढाउन कार्यक्रम गर्न लागिएको बताए। उनका अनुसार १८ विधामा स्रष्टालाई अवार्ड प्रदान गरिनेछ। विधागत अवार्डमा उत्कृष्ठ राष्ट्रिय भावको गीतकार, गीतकार, गीतकार डायस्पोरा, गजलकार, संगीतकार, गायिका, गायक, युगल गायन, नवगायिका, नवगायक, एल्बम, म्युजिक भिडियो मोडल महिला÷पुरुष, म्युजिक भिडियो निर्देशक, संगीत संयोजक, ध्वनि मुद्रण, एमएसएस छनौंट र सुरप्रभा गीत संगीत वर्ष रहेका छन्।

भुमरीका अनुसार कार्यक्रममा नेपाली गीत संगीतमा जीवनको अमूल्य समय खर्चेका एक मूर्धन्य स्रष्टालाई अभिनन्दन पनि गरिनेछ। अवार्ड २०७२ जेठ २३ गते राष्ट्रिय नाँचघर जमलमा एक विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ।

SUBSCRIBE 👉