कस्मेटिक होलसेल उद्घाटन गर्न सभासद, कलाकार देखी पत्रकार सम्म


ललितपुरमा रहेका ब्युटिसियनहरुले स्थापना गरेको ललित ब्युटीसियन बहुद्देश्यीय सहकारी संस्थाले खोलेको कस्मेटिक होलसेल ‘कस्मो ट्रेडर्स’को बिहीबारबाट शुभारम्भ भएको छ। पसलको हाँस्य कलाकार दीपाश्री निरौला, पूर्व मिस नेपाल उषा खड्गी, कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल, सभासद मदनबहादुर अमात्य र नारी मासिककी सहसम्पादक झरना नहकर्मीले संयुक्त रुपमा उद्घाटन गरे।Beauty-Shopसंस्थाकी अध्यक्ष मिना न्यौपानेका अनुसार संस्थाको स्थापनाको एक वर्ष पुगेको अवसर पारेर पसलको शुरुवात गरिएको हो। ‘यो पसलमा महिलाका सम्पूर्ण कस्मेटिकका सामान सुपथ मूल्यमा उपलब्ध गराउने छौं,’ न्यौपानेले भनिन्। उनका अनुसार संस्थाले चाँडै नै वृद्धाश्रम खोल्ने तयारी गरिरहेको छ। संस्थामा हाल ४२ व्युटिसियन सदस्य रहेका छन्।

कार्यक्रममा कलाकार दीपाश्रीले ब्युटिसियनहरुले गरेको कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जनाईन्। त्यस्तै सभासद अमात्यले वृद्धाश्रम स्थापना गर्ने सोचलाई आफुले पनि सक्दो सहयोग गर्ने बताए। पूर्व मिस नेपाल उषाले पनि ब्युटिसियनको कामको सराहना गरेकी थिईन्।

SUBSCRIBE 👉