भ्यालेन्टाइन्स डेको अवसर पारेर गायक आनन्द कार्कीले आफ्ना लोकप्रिय रोमान्टिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिने भएका छन्। दर्जनौं रोमान्टिक गीतका गायकले १४ फेब्रुअरी (शनिवार) कै दिन आयोजना हुने एकल गायन कार्यक्रममा आफ्ना कालजयी गीत प्रस्तुत गर्न लागेका हुन्। रोटरी क्लब अफ जावलाखेलले होटल याक एण्ड यतिमा आयोजना गर्ने ‘एन इभिनिङ विद आनन्द कार्की ‘द म्युजिकल इभेन्ट’ मा गायक कार्कीले करिव डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन्।
गायक कार्कीको एकल गायन कार्यक्रममा गायिका सविना कार्कीले पनि साथ दिने भएकी छिन्। कार्यक्रममा सविनाले केही एकल सहित आनन्द कार्कीलाई युगल गीतमा साथ दिनेछिन्। एकल गायन कार्यक्रममा सात जना बाद्यवादकहरुले लाइभ म्युजिकमार्फत गायक / गायिकाहरुलाई साथ दिनेछन्। सांगीतिक समुह भ्वाइस द ब्याकअप ब्याण्डका संगीतकर्मीहरु वाद्यवादकको रुपमा सहभागि हुँदैछन्। भ्यालेन्टाइन्स डेको साँझलाई सांगीतिक रुपले रोमान्टिक बनाउने यो कार्यक्रम शनिवार साँझ ६ बजे शुरु हुनेछ।
होम » गीत / संगीत » भ्यालेन्टाइन्स डेमा आनन्द कार्कीको रोमान्टिक गीतहरु गुन्जने
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
