झिग्रानाले पायो एडल्ट सर्टिफिकेट


Zhigranaग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म सेन्सर बोर्डले फिल्म ‘झिग्राना’को बेड सिनलाई काट्न आदेश दिँदै एडल्ट सर्टिफिकेट दिएको छ । अब १६ वर्षका भन्दा माथिका दर्शकले मात्र यो फिल्म हेर्न पाउनेछन् । फिल्मको एक दृश्यमा कलाकारद्वय निकुन श्रेष्ठ र मेनुका प्रधानको बेड सिन रहेको छ । फिल्म युनिटले यसलाई कलात्मक रुपमा प्रस्तुत गरेको बताए पनि सेन्सर बोर्डले उनीहरुको कुरा सुनेन ।

आगामी फागुन २२ गते रिलिज हुने फिल्ममा शान्ति गिरी, हन्ना गेस्किविस्की, ज्योति कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डेलगायतका कलाकारले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉