एसएलसी प्रिन्सेजको आवेदन खुला


ग्ल्यामर नेपाल, काठमाडौं ।
सिजन मिडिया प्रालिले पाँचौं संस्करणको ‘एसएलसी प्रिन्सेज २०१५’को फाराम भर्न आव्हान गरेको छ । आयोजकले यसै वर्ष एसएलसी दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायतका प्रतिभा प्रष्फुटन गराउन प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
SLC-Princessसंस्थाका अध्यक्ष प्रदिपराज वन्तका अनुसार पहिलो चरणको छनौट २०७२ साल वैशाख ५ बाट गरिने छ । ‘काठमाडौ तथा उपत्यका बाहिर जिल्लामा रहेका विभिन्न स्कुलहरुबाट एसएलसी दिएका छात्राहरुले आवेदन फारम भर्न सक्नेछन् ।’ वन्तले भने । उक्त प्रतियोगीतामा ६० जना प्रतियोगीहरु छनौट गरिने छ ।

छनौंट भएका प्रतियोगीहरुलाई वैशाख ६ गते बाट २ महिनासम्मको पौडी, शारीरिक फिटनेश, फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ । प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले गु्रमिङ गर्नेछन् । प्रतियोगिताको फाइनल असारको पहिलो साता हुनेछ । विजेताले शीर्ष ताजसँगै टिभिएस जुपीटर स्कुटर र उच्च शिक्षामा २ लाख बराबरको छात्रावृत्ति पाउनेछन् भने फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख बरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु पाउनेछन् । यसबाहेक अन्य विभिन्न १८ विधामा पनि विजेता छनौट गरिनेछ ।

SUBSCRIBE 👉