युनेस्कोद्वारा रणवीरलाई नेपालमा ब्रान्ड एम्वेस्डर बन्न प्रस्ताव


ranbir-kapoor
ग्ल्यामर नेपाल, काठमाडौं । बलिउड अभिनेता रणविर कपुरलाई छिट्टै नयाँ भूमिकामा देख्न पाइने भएको छ तर यो भूमिका कुनै फिल्मको लागि भने होइन। यदि युनेस्कोको प्रस्ताव स्वीकारे भने उनलाई नेपालमा सामाजिक अभियानको ब्रान्ड एम्वेस्डरको रुपमा देख्न पाइने भएको छ। अभियानमा सहयोग गरिदिन रणवीरलाई औपचारिक रुपमै युनेस्को नेपालले आग्रह गरिसकेको बताइएको छ।

रणवीरलाई ‘सबैको लागि शिक्षा’ अभियानमा ब्रान्ड एम्वेस्डर बनाउन लागिएको हो। प्यान्ट्रन अफ एजुकेसन फर अलका प्रमुख विनोख खेतवातले रणवीरलाई अभियानमा सामेल गराउँदा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे। ‘रणवीरका शब्दहरु नेपालमा गम्भीर रुपमा लिइन्छ भन्ने हाम्रो विश्वास छ । किनभने कपुर परिवारलाई नेपालमा निकै सम्मान गरिन्छ,’ विनोदले भने, ‘सोही कारण हामीले रणवीरलाई सन्देश पठाइसकेका छौं। आशा छ, उहाँले सकारात्मक प्रतिक्रिया दिनुहुनेछ।’

SUBSCRIBE 👉