चर्चित निर्माता डी रामाको निधन


बलिउडका चर्चित फिल्म निर्माता तथा दादा साहेब फाल्के पुरस्कार विजेता डी रामा नायडूको बुधबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ्य उनी ७८ वर्षका थिए ।

उनले निर्माण गरेका फिल्म ‘प्रेमनगर’, ‘दिलदार’, ‘बन्दिश’, ‘अनाडी’, ‘हम आपके दिल में रहते है’ र ‘प्रेम कैदी’ चर्चित छन् ।
Naidu-Producerनायडूका अभिनेता छोरा बैंकटेशका अनुसार उनी केही महिनादेखि क्यान्सरसँग संघर्षरत थिए । उनको विहिबार अन्तिम संस्कार गरिनेछ । नायडू पछिल्लो केही समययता राजनीतिमा पनि सक्रिय थिए ।

उनले १९९९ मा तेलेगु देशम पार्टीको टिकट लिएर लोकसभा चुनाव जितेका थिए । नायडूको फिल्म प्रोडक्सन कम्पनी सुरेश प्रोडक्सनले तेलेगु, तमिल र हिन्दी समेत गरी १५ भाषामा करिब १ सय ५० वटा फिल्म बनाईसकेको छ ।

SUBSCRIBE 👉