किड्स फेयरमा सरना, सुनामी र जयसनलाई उपाधि


Winner-Groupकाठमाडौं । रेडियन्ट इभेन्ट म्यानेजमन्ट एजेन्सीको आयोजनामा राजधानीमा सम्पन्न ‘किड्डी फेस अफ द एयर २०१५’ उपाधि जुनियरतर्फ सरना काप्mले, सिनियरतर्फ सुनामी कार्की र ब्वाइजतर्फ जयसन प्रधानाङ्गले जितेका छन् । प्रतियोगितामा जुनियरतर्फ मिभा प्रधान, सिनियर तर्फ सर्जु अधिकारी र ब्वाइजतर्फ अभिरल जोशी फष्ट रनरअप बने भने जुनियरतर्फ मुस्कान लामा, सिनियरतर्फ दिव्याज्योति अधिकारी र ब्वाइजतर्फ साहिल राजथला सेकेण्ड रनरअप बने ।

रुस्का वैद्य श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरुले स्वागत नृत्य र बाल मनोविज्ञान सम्बन्धी नाटक प्रस्तुत गरेको थियो । बालबालिकाहरुको बौद्विक व्यक्तित्व विकास तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको कोरियोग्राफी राज फैजुले गरेका थिए ।

प्रतियोगितामा १५ विधामा पनि अवार्ड प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, गायकद्वय निर्णय श्रेष्ठ र हरि कर्माचार्य (गुल्मी गाइज), फोटोग्राफर शिवलाल श्रेष्ठ, मोडल स्यारोन श्रेष्ठ, नायिका वर्षा सिवाकोटी र हिमालयन प्रिन्सेस नेपालका फस्ट रनरअप बिना अधिकारी रहेका थिए ।

SUBSCRIBE 👉