जानकी मन्दिरमा ‘साास्कृतिक मेला’ राष्ट्रियस्तरका गायक – गायिकाको बेजोड प्रस्तुति


जनकपुर । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा जनकपुरको जानकी मन्दिरमा ‘साँस्कृतिक मेला’ कार्यक्रम गरिएको छ। कार्यक्रमलाई सांगीतिक बनाउन राजधानीबाट राष्ट्रियस्तरका गायकगायिका, वाद्यवादक र नृत्यांगना जनकपुर आइपुगेका थिए।

performing Nepali Cultural Danceमिथिला नाट्य परिषदका कलाकारले ‘ए हमार जनकपुर’ बोलको गीतबाट शुरु गरिएको मेलामा धोविया नृत्य, डोमकछ नृत्य, तेगाकेघार गीतमा मैथिली नृत्य कलाकारले प्रस्तुत गरेका थिए । गायिका रिमा गुरुङ होडाले ‘सुनैको चुरा छैन’, ‘लाहुरे दाईले परदेशबाट’, ‘हाासेर बोल्दैमा के जान्छर’जस्ता गीत गाएकी थिईन् ।

singer reema gurungगायक रामकृष्ण ढकालले ‘मलाई यो जिन्दगीले कहाा पुर्‍यायो’, ‘मन पराउने हजार’, ‘चरिले त छाडेर’, ‘फुल भन्छ फुली रहुा’, ‘पहाडको छुकछुके रेल’सहितका गीत गाउादा दर्शकहरुले निरन्तर तालीले साथ दिईरहे। अर्का गायक प्रमोद खरेलले ‘उसले जती माया’, ‘डुबायो पापी मायाले’, ‘छुट्टएिर तिमीसाग’, ‘म बिना कसै कसैलाई’, ‘हे माया’ र क्रिकेट गीत ‘मेरो देश प्यारो नेपाल’ गाएका थिए।

singer pramod kharela and ram krishna dhakalअर्की गायिका माण्डवी त्रिपाठीले ‘मेरो बारुली कम्मर लचक्कै’, ‘सिम्पल सिम्पल कान्छीको’ र ‘ढल्क्यो ढल्क्यो जोवन मेरो ‘जस्ता गीत गाउादा दर्शकहरु छमछमी नाचेका थिए। गायिका आभा मुकारुङले ‘हावा सागै मन’, ‘कता हिाडेको’, ‘तिमीलाई चाहे’जस्ता गीत गाएकी थिईन। यस्तै सञ्जय तुम्रुकले ‘यो गाउाको ठिट्टो म’, ‘बजारिया मायासागै’लगायतका गीत प्रस्तुत गरेका थिए।

मेलामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, उपकुलपति एवं ख्यातिप्राप्त संगीतकार शम्भुजीत बासकोटा, सदस्य सचिव गणेश रशिकलगायत उपस्थित थिए। मेला फागुन १७ मा लुम्बिनीमा हुनेछ।

SUBSCRIBE 👉