म्युजिक भिडियो निर्माणमा व्यस्त श्रीकान्त


Shree-Kantकाठमाडौं । चितवन भरतपुर घर भएका युवा श्रीकान्त पराजुली(श्री) अहिले म्युजिक भिडियो निर्माणमा व्यस्त हुन थालेका छन् । नोबल कलेजमा कम्प्युटर इन्फरमेसन सिष्टममा ब्याचलर पढेका उनले शिक्षा भन्दा भिन्न पेशालाई अँगालेर भिडियो निर्माणमा अगाडि बढिरहेका छन् ।

फोटोग्राफीसँगै भिडियोग्राफीमा पनि रमाउने उनी आफै सम्पादक पनि हुन् । उनले कृति, मनिक्रेसी, एकता(आर्मी फिल्म) र त्यो कथा जस्ता छोटा फिल्ममा आफ्नो अभिनय कौशलता पनि देखाईसकेका छन् ।

उनले ‘तिमीलाई एउटा कुरा भन्न बाँकी छ’, ‘यो अँधेरी रात’, ‘तिमी मेरै कारणले बर्बाद भयौ रे’ र ‘ गीतको म्युजिक भिडियो पनि निर्देशन गरेका छन् । जसमा सुनिल कटुवालको स्वर रहेको छ । उनले पछिल्लो म्युजिक भिडियो भोटेचौर र दरबारमार्ग जस्ता लोकेसनमा छायांकन गरेका छन् । जसमा सन्तोष, साधना र कुशलले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉