संगीतज्ञ गुरुङको अवस्था सुध्रदै


Ambar Gurungकाठमाडौं । वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ । राष्ट्रिय गानका संगीतकारसमेत रहेका गुरुङ केही दिनअघि निजी निवास बुढानीलकण्ठमा लडेपछि उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले गुरुङको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका थिए । ‘हामीले उहाँको उच्च निगरानी राखेर उपचारमा गरेका थियौं,’ डा. पाण्डेले भने, ‘अब केही समय भित्र उहाँ पहिलेकै अवस्थामा आईसक्नु हुनेछ ।’ गुरुङको उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने जनाएको छ । सरकारले नबेहोरे पनि एउटा नेशनल आइकनको उपचारमा सबैले सोच्नुपर्ने बताउँदै अस्पतालले नै बेहोर्ने मेडिकल डाइरेक्टर पाण्डेले खुलाए । ‘कलाकार तथा स्रष्टा भनेको राज्यको सम्पति हुन् । त्यसैले अस्पतालले एकजना स्रष्टाका लागि खर्च बेहोर्न तयार छ ।’ उनले भने ।

पत्रकार सम्मेलनका संगीतकार गुरुङका छोरा राजु गुरुङलगायत उनका परिवार र उपचारमा संलग्न डाक्टर अमित थापा, राजु पौडेल लगायतको उपस्थिति रहेको थियो । ७८ वर्षीय संगीतकार गुरुङ केही वर्षयता बुढ्यौलीसँगै पार्किन्सन्स मधुमेहले कमजोर भएका छन् ।

त्यस्तै गुरुङको उपचारमा संलग्न इमरजेन्सीका डाक्टर अमित थापाले संगीतकार गुरुङको टाउको र दिमागमा रगत जमेका कारण सुस्त मनस्थिति भएको बताएका थिए । पार्किसन्सका कारण गुरुङले केही समययता संगीत गर्दा हात काम्ने, सुस्त हुने भएकै कारण घरमा लड्न पुगेको थापाले बताए ।

SUBSCRIBE 👉