नेपाली तारा अन्तिम चरणमा


Nepali Taraकाठमाडौं । नेपालको सबैभन्दा प्रतिष्ठित सांगीतिक रियालीटी शो ‘कोका–कोला नेपाली तारा ३’ को अन्तिम चरण सुरु भएको छ । गत भदौबाट शुरु भएको रियालिटी शो अहिले अन्तिम चरणमा आइपुगेको हो ।

अन्तिम चरणको प्रतिष्पर्धामा उपाधिका लागि उत्कृष्ट तीन प्रतियोगीहरु सुरेश लामा, प्रताप लामा र देबेस राई भिड्दैछन् । उनीहरुले आगामी शुक्रबार आर्मी अफिसर्स क्लब आफ्नो अन्तिम प्रस्तुति दिँदैछन् ।

चितवनबाट आएका सुरेशले ‘गल्ती हजार हुन्छन्’ गीतबाट निर्णायक मण्डलको मन जितिसकेका छन् । उनी चितवन आइडलको रनर अप पनि हुन् । त्यस्तै मोरङका प्रताप प्रतियोगिताको स्टाइलिस प्रतियोगी हुन् । इटहरीका देबेस पप गीतहरु गाउन बढी रुचाउँछन्, उनी आफै कम्पोजर र एरेञ्जर पनि हुन् ।

प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकलसहित २ लाख ५० हजार पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरुले जनही ११ हजार रुपैंयाँ र टप १० एल्बममा एक गीत गाउन पाउनेछन् ।

SUBSCRIBE 👉