देविकाको म्युजिक भिडियो सार्वजनिक


Devika Bandanaकाठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गायिका देविका वन्दनाले श्रोतामाझ ‘हिउँमा छर्केको चुलीमा पर्खेको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । राजधानीमा आयोजित कार्यक्रममा नेपाली साहित्यका प्रख्यात तीन महिला गार्गी शर्मा, उषा ठाकुर र उषा शेरचनले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

दुई वर्षअघि नै बजारमा ल्याइएको एल्बम ‘मन चंगा भो’मा रहेको गीतको भिडियो विजेश पौडेलले निर्देशन गरेका हुन् । गीतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द र राजु सिंहको संगीत छ । भिडियोमा करिना भट्टराई र उनका साथीहरुले अभिनय गरेका छन् । भिडियोमा रोमी खड्गीको कोरियोग्राफी रहेको छ ।
Devika Newसन् २०१० को किड क्विन नेपालकी विजेता करिनाले मोडलिङ गरेको यो पहिलो भिडियो हो । यसअघि उनले विभिन्न विज्ञापन र भिडियोमा बालकलाकारका रुपमा अभिनय गरेकी थिइन् । मन्त्रदिव्य इन्टरटेन्मेन्टले भिडियो निर्माण गरेको हो । कार्यक्रममा निर्देशक पौडेलसँगै भरत रेग्मी, प्रमोद कार्की, करिना र संगीतकार राजु सिंहलाई सम्मान गरिएको थियो ।

SUBSCRIBE 👉