राजधानीमा गुञ्जिए चौरसिया–घाटे


Indian Artistकाठमाडौं । बाँसुरी बादनमा आफ्नो छुट्टै परिचय बनाएका पण्डित राकेश चौरसिया र तबलाबादक पण्डित बिजय घाटेले हालैको एक साँझ राजधानीमा दुई घण्टा शास्त्रीय संगीत प्रेमीलाई आफ्ना शास्त्रीय धुनबाट मन्त्रमुग्ध तुल्याए ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा भएको कार्यक्रममा उनीहरुले राग बाचस्पतीबाट सुरु गरी एक पछि अर्को गर्दै आधा दर्जन शास्त्रीय र विभिन्न लोक धुन पस्किए । यी दुईलाई तान्पुरामा जोनिसा पौडेलले साथ दिएकी थिईन् ।

‘लामो समय पछि काठमाडौं आएको हुँ । मलाई नेपाल साह«ै राम्रो लाग्छ ।’ बाँसुरी बादक चौरसियाले भने । पृथ्वी, अवतार, कर्जा सिमानासहित थुप्रै नेपाली फिल्ममा बाँसुरी धुन दिइसकेका चौरशियाले बाँसुरी र घाटेले तबलामा निकै रमाईलो प्रतिस्पर्धा गरेका थिए ।

चौतारी क्रियसनद्वारा आयोजित कार्यक्रमको उद्घाटन नेपालका लागि भारतीय राजदूत रञ्जित रेले गरेका थिए । नेपालमा शास्त्रीय संगीतको विकास र विस्तारका लागि भारतीय र नेपाली कलाकारको प्रस्तुतिमा यो कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाका अध्यक्ष एबम् बाँसुरी बादक बुद्ध लामाले बताए ।

कार्यक्रममा नेपाली कलाकार धन बहादुर गुरुङले सहनाईमा शास्त्रीय जोग राग प्रस्तुत गरेका थिए । रागमा गुरुङसँग नवराज गुरुङले तबला र अनिल धितालले गिटारमा पस्केको धुनले दर्शक दीर्घाबाट पटक पटक ताली पायो । यी तीन कलाकारले आधा घन्टा शास्त्रीय धुन प्रस्तुत गरेका थिए ।

SUBSCRIBE 👉