देवलको सांगीतिक स्वर्णीम सपना


Swarnim Sapanaकाठमाडौं । अष्ट्रेलियामा बस्दै आएका युवा देवल भण्डारीले आफ्नो एकल रचना रहेको डेब्यु एल्बम ‘स्वर्णीम सपना’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनका बुवाआमा, वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष र संगीतकार अर्जुन पोखरेललगायतले एल्बमको विमोचन गरे ।

एल्बममा सर्माएर लजाएर, दुनियाँको नजरमा, शब्द शब्द लेखुँ म, खुला कतै देखिन्न, कुन बेला आइ बस्यौ, दुनियाँको नजरमा र भाकल गरेर माया बोलका गीत छन् । गीतमा उदितनारायण झा, दीपानारायण झा, अभिजित, आभाष, साधना सरगम र महालक्ष्मीको स्वर रहेको छ । एल्बममा संगीतकार पोखरेलको सोलो संगीत छ ।

गीतकार भण्डारीले आफु अष्ट्रेलियामा बसे पनि नेपाली संगीत प्रतिको मायालाई नछोडेको बताए । संगीतकार पोखरेलले मुम्बईको स्टुडियोको प्रविधिलाई नयाँ रुपमा प्रयोग गर्न आफुले मुम्बईमै गएर गीत रेकर्ड गरेको बताए । उनका अनुसार अर्को एल्बममा नेपाली गायकगायिकाको पनि स्वर समेटिनेछ । एल्बमको गीतहरुको संगीत भने नेपालमै रेकर्ड गरिएका हुन् ।

कार्यक्रममा गीतकार डा. बराल, संगीतकार लक्ष्मण शेष, सुरेश अधिकारीलगायतले एल्बमको सफलताको कामना गरेका थिए।

SUBSCRIBE 👉